Logo
Logo

बुढीगंगामा एमालेले लियो ९ सय ५७ मतको अग्रता


103.6k
Shares

रंगबहादुर खाती र रामबहादुर बानियाँ

बजुरा । वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन नसकेको बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार पुनः मतदान भएको छ । अहिले मतगणना जारी छ ।

जारी मतगणनामा नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँले अग्रता कायम गरेका छन् । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खाती ९ सय ५७ मतले पछि गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार बानियाँले २१ सय ९६ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार खातीले १२३९ मत मात्र पाएका छन् ।

उपमेयर पदमा पनि एमालेले नै अग्रता कायम गरेको छ । एमालेबाट उपमेयरका उम्मेदवार मायाकुमारी खड्काले २१ सय ७२ मत प्राप्त गर्दा कांग्रेसबाट उपमेयरका उम्मेदवार रीता शाहीले १२६२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्