Logo
Logo

मौलिक पर्वको सम्वद्र्धन गर्नु साझा दायित्वः प्रचण्ड


126
Shares

काठमाडौं । मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा नेकमा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।

यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास उनको छ । समाजका यिनै परम्परा, भाषा, धर्म र सँस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेको उनले बताए ।

‘यस्ता चाडपर्वको सम्वद्र्धन र प्रवद्र्धन गर्नु हामी सबैको साझा दायित्व पनि हो,’ प्रचण्डले भनेका छन्, ‘यसले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समून्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् ।’

मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्