पोखरा । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) गण्डकी प्रदेशको प्रथम सम्मेलनबाट मदन केसीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी गठन भएको छ ।

शनिबार सम्पन्न सम्मेलनबाट समितिका उपाध्यक्षहरुमा दिलमायाँ गुरुङ र शोभाकर दाहाल, सचिवमा नारायण तिवारी र कोषाध्यक्षमा काजीराम बस्नेत चयन भएका छन् ।
भेलाले आगामी असोजको ९ गते भित्र प्रदेश का ११ ओटा जिल्ला र ९६ बटा नगर कमिटी गठन गरी सक्नेगरी कार्ययोजना बनाएको छ ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता पोलिटब्युरो सदस्य, प्रदेश अध्यक्ष, प्रदेश सचिवका साथै केन्द्रीय सदस्यलगायतका नेताहरुको उपस्थिति थियो ।
संगठनका केन्द्रीय अध्यक्ष धनबहादुर कार्की, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इन्चार्ज देऊप्रसाद छन्त्याल, केन्द्रीय उपमहासचिव पदमध्वज कार्की, केन्द्रीय सदस्य जीतबहादुर रसाइली, रामबहादुर थापा, कृष्णबहादुर पुन, शोभाकर दाहाल नारायण तिवारीसहित भूपू सैनिक तथा प्रहरीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
संगठनले आगामी २ महिनाभित्र देशका सबै जिल्ला र प्रदेश संगठन विस्तार अभियान संचालन गर्ने कार्ययोजना बनाएर अगाडि वढेको अध्यक्ष धनबहादुर कार्कीले बताए । संगठनले अहिले सम्ममा ४ वटा प्रदेश र २३ जिल्लामा आफ्ना संगनहरु विस्तार गरी सकेको बताइएको छ ।











