Logo
Logo

बुढीगंगा नगरपालिकामा एमालेको जित निश्चित


5.6k
Shares

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर–उपमेयर दुवैमा एमालेको जित निश्चित भएको छ ।

गणना गर्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि यहाँ एमालेको जित निश्चित भएको हो । ८ हजार ६ सय १७ गणना हुँदा मेयरमा एमाले उम्मेदवार रामबहादुर खातीले ४ हजार ५ सय ५५ मत पाएका छन् ।

कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३५९७ मतका साथ पछ्याइरहेका छन् । उपमेयरमा पनि एमालेका मायाकुमारी खड्काको जित निश्चित भइसकेको छ । उनले ४ हजार ४ सय ८० मत ल्याएकी छन् ।

भने प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रिता शाहीले ३ हजार ६ सय मत पाएकी छन् । अब ५ सय मत मात्र गन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्