
चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्मलाई गर्ने शासनको अन्त्य भएको बताएकी छन् ।
बकर इदको अवसरमा आज भरतपुर–१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको कार्यक्रममा मेयर दाहालले सबै धर्म समान भएको बताइन् ।
न्युन जनसंख्या भएका धर्मावलम्बिलाई शासन गर्ने परिपाटी अन्त्य भइसकेको बताइन् । यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको उनको दाबी थियो ।
सबै धर्मावलम्बीबीच धार्मिक सहिष्णुता कामय भइ भाइचाराको सम्बन्ध स्थापित भएको उनको भनाइ थियो ।











