Logo
Logo

मृगौलापीडित निर्मललाई लिम्बू फिल्म ‘केःसाङ्ला’को सहयोग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ साउन ।  लिम्बु साँस्कृतिक चलचित्र ‘केःसाङ्ला’ प्रर्दशन समितिले एक कार्यक्रम गरि झापाको कमल गाउँपालिका वडा नंं. ३ निवासी दुवै मृगौलापीडित निर्मल फियाक लिम्बुको उपचारका लागि सहयोगार्थ हङकङ र युएईबाट प्राप्त १ लाख ८२ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
समाजसेवी एवं एकता होटल तथा गेष्ट हाउस व्यवसाय संघका सचिव सलमान थलङ लिम्बुको संयोजकत्वमा बनेको ‘केःसाङ्ला’ प्रर्दशन समितिले गत २१ बैशाखमा कमलपोखरीस्थित बिग मुभिजमा मृगौलापीडित फियाकको सहयोगार्थ चलचित्र प्रदर्शन गरिएको थियो ।
भीम तुम्बाहाम्फेको निर्माण तथा मुख्य अभिनय रहेको उक्त चलचित्रलाई लोकेन सावाँ लिम्बुले निर्देशन गरेका हुन् । उक्त ‘रेड कार्पेट शो’बाट फियाकलाई उपाचारार्थ रु १ लाख ६४ हजार हस्तान्तरण गरिएको थियो । त्यसपछि दक्षिण कोरिया र बेलायतबाट सहयोगीहरुले पठाएको रु १ लाख ३२ हजार पनि विरामी फियाकलाई समितिले हस्तान्तरण गरेको छ ।
पछिल्लोपटक लिम्बु चलचित्र ‘केःसाङ्ला’का निर्माता तथा मुख्य नायक भीम तुम्बाहाम्फेको अगुवाइमा हङकङबाट विभिन्न सहयोगीबाट संकलित नेपाली रुपैयाँ १ लाख १० हजार र एकता होटल तथा गेष्ट हाउस व्यवसाय संघका उपाध्यक्ष सुरेश बरालको समन्वयमा तेह्रथुम तोक्मा–४, जलजलेका हाल युएईमा रहेका हरिन्द्र याक्थुङ्वा सिंगकले संकलन गरि पठाएको ७२ हजार गरि जम्मा १ लाख ८२ हजार केःसाङ्ला प्रर्दशन समितिका संयोजक थलङ, व्यवसाय संघका अध्यक्ष मोहन थेवे, उपाध्यक्ष सुरेश बराल र लिम्बु चलचित्र केःसाङ्लाका निर्देशक लोकेन सावा“ लिम्बुले संयुक्तरुपमा बिरामी फियाकलाई रकम हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा जानकारी गराइएअनुसार बिरामीको आमाले मृगौला दिने निश्चित भएको र निर्मल फियाक लिम्बूको मृगौला पत्यारोपण प्रक्रिया चाँडै गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्