
ताप्लेजुङ । उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा सशस्त्र प्रहरी बल नेपालले सरसफाई गरेको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) ले शनिबार सरसफाई गरेको हो । बीओपीका प्रमुख अनिल खड्काको नेतृत्वमा भएको कार्यक्रममा नेपाल प्रहरी र स्थानीय बासिन्दा समेतको सहभागिता रहेको थियो ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला ३ हजार २ सय मिटरको उचाइमा रहेको हिमाली बस्ती हो ।
ओलाङ्चुङगोला जिल्लाको एक प्रमुख पर्यटकीय स्थलसमेत भएकाले बेला–बेलामा सरसफाई लगायत पर्यटकलाई आकर्षित गर्नेगरी विभिन्न गतिविधि गर्ने गरिएको छ ।











