Logo
Logo

‘विदेशबाट आएको अपरिचित कल नउठाउनु’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ९ साउन । विदेशको नम्बरबाट तपाइँलाई अपरिचितको मिस्डकल वा कल आउने गरेको छ ? यति आउँछ भने नउठाउनुहोला ।
यस्तो फोन ल्याण्डलाइन या मोबाइल दुवैमा आउने गर्छ । यस्ता फोनले हैरान बनाएको पनि हुनसक्छ । त्यस्तो कलबाट विगतका दिनमा नोक्सानी देखिएकाले कलब्याक नगर्न वा नउठाउनु दूरसञ्चार कम्पनीहरूको नियामककारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सबैमा आग्रह गरेको हो ।
पछिल्लो समय टेलिफोन र मोबाइल नम्बरमा विदेशका अपरिचित नम्बरबाट बारम्बार फोन तथा मिस्डकल आउने समस्या देखिएको छ । यस्तो फोन आउँदा कतिपय मोबाइल प्रयोगकर्ताले रातो देखिने गरेका र ‘स्काम कल’ भनेर आउने गरेको बताएका छन् ।
प्राधिकरणले यसबारे ध्यानाकर्षण जनाउँदै सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ । साथै सम्बन्धित दूरसञ्चार सेवाप्रदायकहरूलाई यसको रोकथामका लागि निर्देशन दिएको जनाएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका उप–महानिर्देशक सन्दीप अधिकारी नेपालका टेलिफोन तथा मोबाइल प्रयोगकर्ताकोमा विदेशका अपरिचितको नम्बरबाट टेलिफोन तथा मिस्डकल आउन थालेको बताएका छन् । उनका अनुसार प्राधिकरणले समस्या समाधानका लागि पहल थालेको छ ।

प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै यस्ता कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्