Logo
Logo

झलनाथको प्रश्न- एसपीपी लिन्नौं भनेर पत्र लेख्ने कुरा किन रोकियो ?


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) सम्झौताबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सदन र मन्त्रिपरिषद्बाट नै एसपीपी लिन्नौं भन्ने निर्णयबारे पत्र लेख्ने भन्ने कुरा कसले र किन रोक्यो भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

उनले भने, ‘नेपालको मन्त्रिपरिषद् भन्दा बाहिर कार्यकारी अधिकार कता छ ? मन्त्रिपरिषद्ले भनिसकेपछि फेरि पनि अरु कसले रोक्न सक्छ ? के कारणले रोकिँदैछ ? गम्भीरता पूर्वक प्रश्न उठाउन चाहान्छु ।’

नेपालमा उत्पादित चियाका विषयमा यसपटक नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै उनले आपत्तिसमेत जनाए ।
संसारभरी सबैभन्दा बढी प्रयोग हुने पेय पदार्थ चिया भएको बताउँदै सरकारले आफ्नै देशमा उत्पादित चियालाई प्रवद्र्धन गर्ने कार्यक्रम समेट्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्