Logo
Logo

आज वीपी जयन्ती, बिभिन्न कार्यक्रमका साथ मनाईदै


315
Shares

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्ती देशभरी बिभिन्न कार्यक्रमका साथ मनाईदैछ ।

कांग्रेस नेता तथा साहित्यकार कोइरालाको आज ४० औं स्मृति दिवस बिभिन्न कार्यक्रमका साथ मनाउन लागिएको हो । सो क्रममा हरिसिद्धी र काठमाडौंमामा आज बिहान बृक्षारोपण गरिएको छ । उक्त कार्यक्रममा कांग्रेस नेता प्रकासमान सिंहको पनि सभागीता थियो ।

१९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका उनले आफ्नो जीवनकालमा लामो समयसम्म कांग्रेसको नेतृत्व सम्हाले। नेपालमा १०४ वर्षे राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नमा बीपीको निकै ठूलो योगदान छ।

२०१५ सालमा पहिलो आमनिर्वाचनमा पार्टीले बहुमत पाएपछि उनी प्रधानमन्त्री बनेका थिए। बीपीको निधन २०३९ साल साउन ६ गते क्यान्सरबाट भएको थियो।

प्रतिक्रिया दिनुहोस्