काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–१ स्थित बरादीमा २१६औँ शाखा सञ्चालनमा ल्याएको छ । बरादि शाखाको उद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरेका थिए ।

शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथी शेरचनले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहजरुपमा बैंकिङ सेवा विस्तार गर्ने बैंकको नीतिअनुरूप यो शाखा खोलिएको बताए । प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै उक्त शाखालाई सफलताको शुभकामना व्यक्त गरे ।
बैंकको बरादि शाखाबाट प्रभुको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फार्म, कम्पनी तथा संघसंस्थाले बैंकिङ सेवा प्राप्त गर्ने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा बरादि शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास बैंकले लिएको छ ।












