Logo
Logo

भीमदत्तको नाम लिँदा कांग्रेसको आङ सिरिङ्ग हुन्छ : ओली


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोबाट दायाँबायाँ गर्न नहुने बताएका छन् । पुष्पलालले गरेका काम र योगदानको प्रेरणा नै यहाँसम्म आइप्गेको भन्दै उनले देखाएको बाटोबाट दायाँबायाँ नगर्ने बताए ।

शनिबार पुष्पलालको ४४औं स्मृति दिवसका आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘पुष्पलालले गरेको संगठन विभिन्न उत्तरचढाव हुँदै गंगालालको विरासत, बलिदान, प्रजा परिषदको परिणाम, प्रजा परिषदले देखाएको चेतनाको झिल्को, १९९८ सालमा गठन गरिएको प्रजातान्त्रिक संघको गठन हुँदै आज देशको सवैभन्दा संगठित, सचेत, विस्तृत, परिवर्तनकारी र सवैभन्दा सवल शक्ति यो पार्टी नेकपा एमाले भएको छ ।’

उनले पार्टीको अध्यक्षको हैसियतले पुष्पलाल र अरु सहिदहरुले देखाएको बाटोबाट अलिकति पनि दायाँबायाँ नगर्ने बताए । नेपाली समाजलाई सम्मृद्ध नेपाल सुखी नेपाली र स्वतन्त्र नेपाल बनाएर छोड्ने संकल्प समेत गरे ।

विगतदेखि नै सत्ता स्वार्थका लागि नेपाली काँग्रेसले आफ्नै पार्टीका योद्धाहरु मारिँदासमेत सहिद स्वीकार्न र उचित सम्मान गर्न नसकेको उनले आरोप लगाए । ओलीले भने, ‘मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भीमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन ।’

उनले भीमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा कांग्रेसको आङ सिरिङ्ङ समेत बताए । अध्यक्ष ओलीले भने, ‘दुर्गानन्द झालाई राजामाथि बम हानेको भनेर फाँसी दिइएको थियो । तर काँग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन् ।’

प्रतिक्रिया दिनुहोस्