Logo
Logo

प्लास्टिक झोला प्रयाेगमा कडाई गरिने


1.3k
Shares

काठमाडाैं । सरकारले प्लास्टिकको प्रयोगमा कडाई गर्ने भएको छ । भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा आयात र बिक्रीमा रोक लगाउने भएको छ ।

४० माइक्रोनभन्दा पातलो झोलाले वातावरणमा प्रतिकूल प्रभाव पार्ने र जथाभाबी फाल्दा खोला तथा नदीमा प्रदूषण बढेको छ । ढल तथा पानीको निकासमा समस्या उत्पन्न गरेको छ ।

विभागले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ कार्यान्वयन गर्न पनि अनुरोध गरेको छ । सरकारले गत असोज १९ बाटै उक्त प्लास्टिक प्रयोगमा रोक लगाएको थियो ।

तर, कोरोना महामारीका कारण अनुगमन हुन नसकेको र भदौ १ देखि अटेरी गरेको पाइएमा वातावरण संरक्षण ऐन २०७६ र वातावरण संरक्षण नियमावली २०७७ अनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्