Logo
Logo

डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भूमिका खेल्दै माछापुच्छ्रे बैंक


252
Shares

काठमाडौं । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्युआरकोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुच्छ्रे बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थस्थल विन्ध्यवासिनी र गलेश्वर धाममा क्युआरकोड हस्तान्तरण गरेको थियो ।

पोखरामा रहेको विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्तरुपमा क्युआर सेवाको शुभारम्भ गरेका थिए । कार्यक्रममा माछापुच्छ«्रे बैंकका संस्थापक सञ्चालक स्व. सूर्यबहादुर केसीकी श्रीमती प्रेमकुमारी केसी तथा बैंकका सञ्चालक बन्दना कार्कीको पनि उपस्थिति थियो ।

साथै म्याग्दीको बेनीस्थित गलेश्वर शिवालय क्षेत्रमा आज भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत केसी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाले संयुक्तरुपमा क्युआर सेवाको शुभारम्भ गरेका छन् ।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दशनार्थीले क्युआरकोडबाटै भेटी चढाउन सक्नेछन् । दशनार्थीहरुले क्युआरकोड सेवा निःशुल्क प्रयोग गर्न सक्नेछन् । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्युआरकोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्