Logo
Logo

ओसामा बिन लादेनका छोराको ‘मृत्यु’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ साउन । आतंकवादी संगठन अल–काइदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भइसकेको अमेरिकी गुप्तचर अधिकारीले दाबी गरेका छन् । तर, हम्जाको मृत्यु कहाँ र कहिले भयो भन्ने नखुलाइएको छैन ।
गत फेबु्रअरीमा अमेरिकी सरकारले हम्जाबारे जानकारी दिनेलाई एक मिलियन डलर उपहारको घोषणा गरेको थियो । ३० वर्षीय हम्जाले अमेरिकालगायत विभिन्न देशमा आक्रमण गर्ने जानकारीसहितको अडियो र भिडियो मेसेज सार्वजनिक गरेका थिए ।
बुधबार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे सोधिएको प्रश्नको जवाफ दिन मानेनन् । यसका साथै ह्वाईट हाउस नेशनल सेक्युरिटीका एड्भाइजर जोन बोल्टनले पनि यसबारे कुनै जवाफ दिएका छैनन् ।
बिन लादेनलाई अमेरिकाका विशेष सैन्य दलले सन् २०११ को मेमा पाकिस्तानमा हत्या गरेको थियो । हम्जाले बुवाको हत्याको बदला लिन जिहादीहरुलाई अनुरोध गरिरहेका थिए ।
उनले बिद्रोहका लागि अरेबियन पेनिन्सुलालाई पनि आह्वान गरेका थिए । उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा बस्दै आएको विभिन्न मिडियाले जनाउँदै आएका थिए ।
सन् २०११ मा ओसामा बिन लादेनको पाकिस्तानस्थित एबटाबाद घरबाट भेटिएका केही दस्तावेजले हम्जा बिन लादेनलाई अल कायदाको नेतृत्वका लागि तालिम दिँदै गरिएको जानकारी पाइएको अमेरिकाले जनाएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्