Logo
Logo

एन्फा कार्यसमिति बैठक बस्दै



काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आज बस्दैछ।

बैठक आज विहान १० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा बस्ने एन्फाले जनाएको छ। यस अघि साउन ५ गते डाकिएको कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

आजको बैठकमा यस अघिका १८ र थप गरिएका ४ नयाँ एजेन्डामा छलफल हुनेछ। एन्फाका केन्द्रिय सदस्य पेमा लामाले माग गरेको ४ एजेन्डा थपिएको हो।

प्रतिक्रिया दिनुहोस्