Logo
Logo

काठमाडौंबाटै भोजपुर साल्पासिलिछो गाउँपालिकाको सेवा


945
Shares

काठमाडौं । भोजपुरको साल्पासिलिछो गाउँपालिकाले काठमाडौँमा एक दिने शिविर सञ्चालन गरेर आफ्ना नागरिकलाई सेवा प्रदान गरेको छ ।

भौगोलिक रुपमा विकट रहेको गाउँपालिकामा वर्षातले यातयात सञ्चालनमा कठिनाई भएपछि गाउँपालिकाले काठमाडौँमा नै आफ्ना नागरिकलाई सेवा दिएको हो ।

तस्बिर/रासस

काम विषेशले काठमाडौँ पुगेका तथा विभिन्न कारण बस सेवाबाट वञ्चित भएका ज्येष्ठ नागरिक तथा असक्त नागरिकलाई ध्यानमा राख्दै सेवा प्रवाह गरिएको साल्पासिलिछोका अध्यक्ष दौलथ कुलुङले जानकारी दिए ।

‘‘जनप्रतिनिधिले जनताको सेवाको लागि काम गर्ने हो’ उनले भने, ‘हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट भएकाले सेवा लिन आउन निकै कठिन छ ।’
जोरपाटीमा सञ्चालन भएको शिविरमा काठमाडाँैमा रहेका करिब एक सय ५० जनाले विभिन्न किसिमका सेवा लिएको अध्यक्ष कुलुङले जानकारी दिए । स्थानीयवासीबाट माग भएकाले धरान विराटनगर, इटहरी झापालगायत ठाउँका नागरिकलाई लक्षित गरेर पनि यस्तो शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

विभिन्न संघीय मन्त्रालयको कामको लागि काठमाडाँै पुगेको अवसरमा त्यहाँको काम सकेर एक दिने कार्यक्रममार्फत सेवा प्रवाह गरेको उहाँको भनाइ छ । वर्षात लागेसँगै भोजपुर सदरमुकामबाट यो गाउँपालिकासँगको यातायात सेवा बन्द हुन्छ ।

प्रतिक्रिया दिनुहोस्