Logo
Logo

सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगमबाट लियो दुई करोड डलर ऋण



काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)बाट दुई करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । तरलता अभावलाई मध्यनजर गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आइएफसीसँग सम्झौता गरी विदेशी ऋण ल्याएको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात् उक्त रकम यस आर्थिक वर्षमा प्राप्त गरी सानिमा बैंकले यस्तो ऋण ल्याउने सीमित बैंकको पंक्तिमा आफूलाई उभ्याएको जनाएको छ । आइएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एसफईले बैंकलाई दिइएको कर्जाले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको जनाइएको छ ।

लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने फईले बताएका छन् । यसले नेपालको तरलता संकट र घट्दै गएको विदेशीमुद्रा सञ्चितिलाई कमगर्न पनि योगदान पु¥याउने उनले उल्लेख गरेको जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आइएफसीबाट प्राप्त रकमले साना तथा मझौला क्षेत्रमा कर्जा प्रवाह गर्न केही सहजता हुने बताए । हाल बैंकले देशभरमा एक सय २७ शाखा तथा एक सय २० एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्