Logo
Logo

बलात्कार मुद्धाका आरोपितलाई सफाइ दिएका धनुषाका न्यायाधीश सर्वोच्चमा तानिए



काठमाडौं । धनुषाका जिल्ला न्यायाधीश डा.परशुराम भट्टराई सर्वोच्च अदालतमा तानिएका छन् । एक बलात्कार मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपितलाई सफाइ दिएको आरोप लागेका उनलाई अदालतमा तानिएका हो ।

न्यायपरिषदको बैठकमा भएको छलफलपछि कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले उनलाई सर्वोच्च अदालतमा काजमा तानेका हुन् ।

धनुषाका जिल्ला न्यायाधीश भट्टराईले गरेको फैसला काठमाडौंको विभिन्न ठाउँमा न्यायको याचनासहित गरेको प्रदर्शनमा संलग्न निहारिका राजपुतसँग सम्बन्धित रहेको छ ।

केही दिनअघि राष्ट्रपति कार्यालय शितल निवास अगाडी निहारिकाले आत्मदाहको प्रयास गरेकी थिइन् । घटनालगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनमन्त्री गोविन्द बन्दी र महान्यायाधीवक्ता खम्मबहादुर खातीलाई घटनाबारे प्रश्न गरेकी थिइन् ।

न्यायपरिषद सचिवालयका प्रवक्ता मानबहादुर केसीका अनुसार केही उजुरी परेपछि धनुषाका जिल्ला न्याायाधीश डा.भट्टराई काठमाडौंमा काजमा तानिएको हो ।

न्यायाधीश भट्टराईमाथि छानबिनका लागि परिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्