Logo
Logo

युग सुहाउँदो विकासको मोडेल आवश्यक : प्रचण्ड



काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने बताएका छन् ।

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आज आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले युग सुहाउँदो विकासको मोडेल बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले देशको स्थायित्व र समृद्धिका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक रहेको उल्लेख गर्दै नेपालको कला संस्कृति र प्रकृतिको विविधतालाई सदुपयोग गर्दै समृद्ध नयाँ नेपाल बनाउनुपर्ने बताए । नेपालको इतिहास र प्रकृति गर्व गर्न लायकको रहेको भन्दै उनले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने उल्लेख गरे ।

‘नेपालको विकासको मोडल नेपालकै मौलिकतामा जनता खुसी र सुखी हुने खालको हुनुपर्छ’, उनले भने । नेपाल कला, साहित्य, संस्कृति, अध्यात्मको भूमि भनेर विश्वमा परिचित रहेको भन्दै अध्यक्ष दाहालले नेपालको विकास भौतिक मात्र नभई देश र जनताको भावना समेटेर विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रतिक्रिया दिनुहोस्