Logo
Logo
दृष्टिका १० हेडलाइन्स्

फोहोरको विवाददेखि सिट बाँडफाँटको प्रतिवेदन बुझाउने तयारीसम्म



१. काठमाडौं महानगरपालिकाको फोहोर विसर्जनमा फेरि समस्य, कांग्रेस, माओवदी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंसी वडा नम्बर १ का वडा समितिको अगुवाइमा फोहोर बोकेका टिपरलाई ढाडेमा अवरोध, बल प्रयोग गरेर फोहोर विसर्जन, फोहोर फाल्न नदिने नीत नेताविरुद्ध प्रहरीमा उजुरी, फोहोर विसर्जनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भएको भन्दै मेयर बालेन्द्र साहको आक्रोस ।


२. सत्तारुढ पाँचदलीय गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलले नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी, बुधबार केही निर्णय सार्वजनिक गर्ने, नेकपा एककीकृत समाजवादीका लागि विशिष्ट रुपमा राखेर मापदण्ड तय गरेर अघि बढ्ने नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीको भनाइ, अहिलेको गठबन्धन कसैका विरुद्धमा नभएको तर्क ।


३. मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ‘निर्वाचन सुरक्षा रणनीति’ बनाएर पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन, निर्वाचन सुरक्षा व्यवस्थापनका लागि सेना, प्रहरी, एपीएफ र राअविले बनाएको कार्ययोजना अर्को बैठकमा समीक्षा गरिने, केन्द्रदेखि जिल्ला तहसम्मै गृह मन्त्रालयका अधिकारीको नेतृत्वको निर्वाचन सेल गठन गरिने ।


४. दलीय असहमतिलाई सहमतिमा ल्याउने महत्वपूर्ण थलो ससंदीय समिति बनेको सभामुख अग्निप्रसाद सापकोटाको भनाइ, संसद्को महत्वपूर्ण काम कानून निर्माणमा समितिको भूमिका प्रभावकारी, उदीयमान व्यवस्थापिकाको चाहना संसद्लाई जीवन्त र जनमुखी बनाउने, संसद्लाई जीवन्त बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित गर्ने ।

५. आगामी निर्वाचनमा गठबन्धनबाटै सफलता हासिल हुने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विश्वास, गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि गठबन्धनबाटै सफलता हासिल हुने भनाइ, उम्मेदवारी धेरै स्थानमा दिने भन्दा पनि धेरै स्थानमा विजयी हुने विषय महत्वपूर्ण भएको अभिव्यक्ति न्यायपूर्वक टिकट वितरण हुने भनाइ ।


६. आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाइने, गृहका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निर्णय ।


७. नागरिकता विधेयकमा सबै दल एक हुनुपर्नेमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको जोड, संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने भनाइ, नागरिकताको सवाल नेपालको राष्ट्रिय सहमतिको सवाल भएको भनाइ, यसलाई सामान्यरूपमा लिन नहुने तर्क ।


८. देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्नेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोड, देशको स्थायित्व र समृद्धिका निम्ति सम्पूर्ण तागत लगाउन आवश्यक भएको तर्क, नेपालको कला संस्कृति र प्रकृतिको विविधतालाई सदुपयोग गर्दै समृद्ध नयाँ नेपाल बनाउनुपर्ने, देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने भनाइ ।


९. राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटद्वारा महिलाहरूको विरोधलाई दबाउन अत्यधिक बल प्रयोग गरिएका घटनाको निन्दा, महिलाहरूको अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भनाइ, दुई करोड फिलिपिन्स नागरिक गरिबीको रेखा मुनि, चीनमा उत्पादन उच्च मूल्यमा वृद्धि, ५० प्रमुख वस्तुमध्ये २७ वटाको मूल्य वृद्धि भएको राष्ट्रिय तथ्याङ्क विभागको भनाइ ।


१०. आसन्न साफ यू–१५ महिला च्याम्पियनसिपका लागि खुल्ला छनोटमार्फत खेलाडी छनोट गरिने, ४८ जिल्लामा २ देखि १० भदौंसम्म खुल्ला छनोट, जिल्लाबाट छनोट भएका खेलाडीबीच सातै प्रदेशको राजधानीमा छनोट कार्यक्रम, प्रदेशको छनोटपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा छनोट गरिने, भदौं ३० मा पहिलो चरणमा ४० जनालाई छनोट गरिने ।

प्रतिक्रिया दिनुहोस्