Logo
Logo

मेलम्ची खानेपानीको पाइपमा निसास्सिएर २ मजदुरको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ साउन । बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्नेक्रममा दुई मजदुरको मृत्यु भएको छ । पाइप सफा गर्ने क्रममा उनीहरु निसास्सिएर शुक्रबार बिहान १० बजे मृत्यु भएको काठमाडौं महानगरीय परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा २५ वर्षीय साह र २० वर्षीय शिवराम साह रहेका छन् । दुवै जना सप्तरीका हुन् । पाइपमा बेहोस भएपछि उनीहरुलाई उद्धार गरी महारागञ्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उनीहरुको उपचारका क्रममा मत्यु भएको एसपी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्