Logo
Logo

नेपाल समाजवादी सत्तारुढ गठबन्धनकै अंग : बाबुराम


567
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु सत्तारुढ गठबन्धनको अंग भएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष बाबुरामले आफूहरु सत्तारुढ गठबन्धन बाहिर नरहेको बताएका हुन् ।

उनले भने, ‘एउटा भ्रम के नपरोस् भने नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो, भित्र बाहिर भन्ने बहस छ त्यो सत्य होइन, हामी भित्रै छौँ ।’ उनले गठबन्धनले बनाउने तालेमलको मापदण्ड अनुसार अघि बढ्ने बताए ।

उनले तत्काल निर्वाचन प्रयोजनका लागि मात्रै एउटै चिन्हबाट प्रतिस्पर्धा गर्ने सहमति गरिएको बताए । उनले भने, ‘माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एउटै निर्वाचन चिन्ह, नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हँसियाहथौडा लिएर संयुक्त रुपमा लड्ने सहमति भएको छु, यो तत्कालका निम्ति त एउटा चुनावी प्रयोजनका निम्ति मात्रै हो ।’

उनले सिटको विषय छलफल पछि टुंगो लगाइने बताए । उनले भने, ‘मुख्य कुरा राजनीतिक समझदारी र विश्वास हो । त्यो भइसकेपछि अरु कुराहरु गौण हुन्छन् र हामी मिलाएर जान सक्छौं भन्ने हामीलाई विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस्