Logo
Logo

यस्तो छ आजको मौसम पूर्वानुमान


378
Shares

काठमाडौं । आज प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा भइरहेको छ।

प्रदेश १ का पहाडी भू-भागमा पूर्ण बदली रहि देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही र बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्