Logo
Logo

विवेकशील साझामा जिम्मेवारी हेरफेर, केन्द्रीय सदस्य थपिए



काठमाडौं, २६ पुस ।
विवेकशील साझा पार्टीले सम्पूर्ण विभाग भंग गर्दै केन्द्रीय समिति विस्तार गरिएको छ । पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा गत मंगलबार बसेको संयोजन समितिको बैठकले दुई जनसंगठन गठनसमेत गरेको छ । बैठकमा संयोजक उज्जवल थापा भने उपस्थित थिएनन् ।
केन्द्रीय सदस्यमा महिलातर्फ गण्डकी प्रदेशबाट सुशीला केसी अधिकारी, प्रदेश ५ बाट सरस्वती पन्थी र सुदूरपश्चिम प्रदेशबाट शैलु श्रेष्ठ तथा पुरुषतर्फ ल्यामबहादुर दर्जी र इसुजंग कार्कीलाई थप गरिएको छ । संयोजन समितिको निर्णय अनुमोदन गर्न आगामी सोमबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने तयारी छ ।

यस्तै, युवा संगठनको नेतृत्व अब्दुस मिया र महिला संगठनको नेतृत्व सोभिता परियारलाई दिइएको छ । प्रदेश १ को संयोजकको जिम्मेवारी अनिल भेटवाललाई दिइएको छ । त्यस्तै पार्टीका सम्पूर्ण विभाग विघटन गरिएको छ । संयोजन समितिमा संयोजकद्वय मिश्र र थापासहित रमेश पौडेल, केशव दाहाल, डा. अनुसा थापा, मुमाराम खनाल, निरुपमा यादव र डा. सूर्यराज आचार्य छन् ।
थापाले मिश्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी केन्द्रीय सदस्हरूलाई छलफलको प्रस्ताव पेस गरेका छन् । तर, सो विषयमा छलफल नगरी अनधिकृत रूपमा बहुमत पु¥याएर पार्टी कब्जा गर्ने उद्देश्यले केन्द्रीय सदस्य थपिएको पूर्व्विवेकशील समूहका एक नेताले बताए । ११ साउन २०७४ मा पार्टी एकता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्