Logo
Logo

नागरिकता विधेयकविरुद्ध नेमकिपाद्वारा प्रदर्शन



काठमाडौं । नागरिकता विधेयक देशघाती भएकाले खारेज गर्नुपर्ने भन्दै नेपाल मजदुर किसान पार्टीलेले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक पुन अघि बढाउन लागेको र उक्त बिधेयक मुलुकको हितमा नरहेको भन्दै नेमकिपाले बिहीबार काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले देशघाती नागरिकता विधेयक खारेज गर, भारतीय विस्तारवाद मूर्दावाद लगाएका नारा लगाएका थिए । नेमकिपाले नागरिकता विधेयकमा पुन छलफल गरि देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्