
काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा निजामती कर्मचारी र शिक्षकलाई पनि खटाउने भएको छ।
आयोगले निर्वाचनका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई भनेकाे छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको निर्देशन पत्रमा भदौ २० सम्म रिक्त दरबन्दीमा अनिवार्य कर्मचारी पदस्थापना गर्न भनिएको छ ।
भदौ २० गतेपछि चुनाव नसक्दासम्म कर्मचारी सरूवा नगर्न पनि आयोगले आग्रह गरेको छ ।














