Logo
Logo

आइतबारसम्म भारी वर्षाको सम्भावना


2.8k
Shares

काठमाडौं । आज देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली हुने छ ।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र मधेशबाहेक प्रदेशमा आइतबारसम्म नै भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । यस्तै आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले मुलकको पश्चिमी क्षेत्रमा धेरै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्