
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक निर्वारित समयभन्दा १ घण्टा ढिलो सुरु भएको हो । बैठकले आज पार्टी पदाधिकारी टुंगो लगाउने नेताहरुले बताएका छन् ।
महासचिव देव गुरुङ हुने पक्का जस्तै छ । महासचिवका आकांक्षीद्वय वर्षमान पुन र जनार्दन शर्मा तथा गिरिराजमणि पोखरेल उपमहासचिव बन्ने बताइएको छ । उपाध्यक्षमा दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेलको सम्भावना छ ।
बैठकअघि बिहान अध्यक्ष प्रचण्डले खुमलटारस्थित निवासमै पार्टीका विभिन्न नेता, शहीद परिवारका प्रतिनिधि लगायतसँग छलफल गरेका थिए ।














