Logo
Logo

बाबुराम गुटका अराजक गतिविधिले पार्टी जीवन ठप्प : उपेन्द्र यादव


945
Shares

काठमाडौँ । जनता समाजवादी पार्टीले पार्टीभित्र देखिएको अस्वस्थ गतिविधिले पार्टीलाई क्षति पुगेको बताएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समितिको प्रथम बैठकमा प्रस्तुत गरेको प्रस्तावमा डा. बाबुराम भट्टराई र उनको गुटले गर्दा पार्टी जीवन नै ठप्प हुन पुगेको आरोप लगाएका छन् ।

अध्यक्ष यादवले पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका अनुशासनहीन र अराजक तत्वलाई कारबाही गरेर पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरु भएको बताएका छन् ।

अध्यक्ष यादवले पार्टी एकीकरण र ध्रुवीकरणको क्रमसँगै पार्टीको घोषणापत्र र विधानमा सहमति जनाएर एकताबद्ध भएका केही नेता कार्यकर्ताहरूले विभिन्न बहानामा यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको बताएका छन् ।

यादवले प्रस्तावमा भनेका छन्, ‘स्थानीय निर्वाचनभन्दा केही समय अगाडिदेखि पार्टीभित्र बाबुराम भट्टराई र उहाँनिकट गुटद्वारा सञ्चालित अस्वस्थ गतिविधिले पार्टीलाई चलायमान बनाउन गम्भीर समस्या उत्पन्न गर्‍यो । कतिपय प्रदेश तथा जिल्लाहरूमा पार्टी जीवन नै ठप्प हुन पुग्यो । पार्टी केन्द्रीय समितिको वीरगञ्ज बैठकपछि पार्टीभित्रका अनुशासनहीन र अराजक तत्वलाई कारबाही गरेर पार्टीलाई गतिशील र सक्रियताका साथ अगाडि बढाउने काम सुरु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्