Logo
Logo

बालगायिका सुदिक्षाको ‘मनमा छ कुरा’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ साउन । बालगायिका सुदिक्षाको स्वरमा रहेको गीत ‘मनमा छ कुरा’ सार्वजनिक भएको छ । भारतको चर्चित रियालिटी शो ‘अब गाएका मथुरा’को बिजेता सुदिक्षा ढुंगेलको स्वर रहेको ‘मनमा छ कुरा’को भिडियो सार्वजनिक गरिएको हो ।
माधव भण्डारीको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
संग्राम तमाङको निर्देशन रहेको भिडियोमा गायिका सुदिक्षासँगै मिकेश पौडेल फिचर्ड छन् । भिडियोमा बिमल राई र महेश थापाको कोरियोग्राफी, रामेश्वर जिरेलको छायाँकन र बन्दे प्रसादको सम्पादन रहेको छ । गीत जती सुमधुर छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।
सुमधुर स्वरकी धनी सुदिक्षाका यस भन्दा अगाडि केही भजन अनि गीतहरु बजारमा आएका छन । करिब तीन बर्षको उमेर देखी नै गीत गाउन थालेकी सुदिक्षाले थुप्रै रियालिटी शोहरु पनि जितेकी छन् ।
कक्षा ९ मा अध्ययनरत सुदिक्षा आफ्नो पारिवारिक माहौल नै गीत संगीत भएकोले आफु पनि सानैदेखि गीत संगीतमा लाग्न प्रेरित भएको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्