काठमाडौं । नबिल बैंकले समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो ।

अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाका लागि दैनिक कार्य सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन् । बालबालिकाले पनि दिइएको कार्यसम्पादनपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएकोे खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको बैंकले जनाएको छ । यो प्रोडक्टमार्फत बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।
रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेकी थिइन् । पोखराको बिरौटाका स्थायी बासिन्दा ९ वर्षीया रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिगी अवार्ड २०२२ जितेकी छन् ।
नबिल जेन अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्र्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट भएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए । उनले भने, ‘प्रेन्सा एक समाजसेवी तथा हाम्रो लक्षित समूहलाई प्रतिनिधित्व गर्ने प्रेरणादायी पात्र भएकाले हामीले उहाँलाई यो प्रोडक्टको लागि सही फिट पाएका छौँ, रेग्मीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गर्न पाउँदा हामी खुसी छौँ ।












