काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरबस्थित टेलिमनी बैंकको संयुक्त आयोजनामा ‘नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस’ अफर उपहार योजनाअन्तर्गत यही भदौ ३ गते साउदीस्थित टेलिमनी सेन्टरमा आयोजित कार्यक्रमका बीच बम्पर उपहार (निसान सन्नी) कार विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ ।

महोत्तरी रामगोपालपुर निवासी हाल साउदीमा कार्यरत ३५ वर्षीय जम्सेद नदापलाई पुरस्कार हस्तान्तरण गरिएको हो । जम्सेद विगत छ वर्षदेखि साउदीमा काम गर्दै आइरहेका छन् । उक्त पुरस्कार हस्तान्तरण कार्यक्रममा बिशिष्ट व्यक्तित्वहरु नेपाली राजदुतावासका मिसन उपप्रमुख दिलीपकुमार पौडेल, सिटी एक्सप्रेस मनी ट्रान्स्फरका प्रबन्ध निर्देशक चन्द्र टण्डन, बसेम बी मड्डा, टेलिमनी केन्द्र प्रमुख, अबदुल्लाह अ बिन तवाल्हा सेल्स म्यानेजर, जीतेन्द्र थपलिया (टेलिमनी रेमिटान्स म्यानेजर र अन्य टेलिमनी बैंकका प्रतिनिधिका साथ बम्पर उपहार विजेता जम्सेद नदापलाई कार हस्तान्तरण गरिएको थियो ।
नोभेम्बर १, २०२२ देखि ६ महिनाको लागि सञ्चालन भएको थियो । सो उपहार योजनाअन्तर्गत साउदीको टेलिमनी बैंकमार्फत नेपालमा सिटी एक्सप्रेसमा रेमिटान्स रकम पठाउँदा १५ जनाले सामसुङ मोबाइल, तीन जनाले १० ग्राम सुन, तीन जनाले ५००० नगद साउदी रियाल, तीन जनाले आइफोन–१३ प्रोमाक्स र बम्परमा एक जनाले निसान सन्नी कार प्राप्त गर्ने घोषणा भएको थियो । ती सबै पुरस्कारहरु दुई–दुई–दुई महिना गरी ६ महिना सम्म विद्युतीय लक्की ड्रमार्फत घोषणा गरिएको थियो र यो अन्तिममा बम्पर उपहारको घोषणा गरिएको हो ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ ।












