Logo
Logo

सलमान खान नरेन्द्र मोदी बनेको भए के हुन्थ्यो ?



काठमाडौं, २६ पुस । बलिउड अभिनेता विवेक ओबेराय जब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बनेँ, तब उनले विभिन्न प्रतिक्रियाहरु पाइरेका छन् ।
विवेक मोदी बनेपछि सबैभन्दा पहिले जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले प्रतिक्रिया जनाएका छन् । उनले ट्विट गर्दै लेखेका छन्,

‘लाइफ कति अनफेयर छ । डाक्टर मनमोहन सिंहको रोलमा अनुपम खेरजस्ता अभिनेताले भूमिका निर्वाह गरिरहेका छन् । विचारा मोदी जीको भूमिकामा विवेक ओबेरायलाई उभ्याइएको छ । उक्त भूमिकामा सलमान खान भएको भए झन कति मजा हुनेथियो ।’


अहिले बलिउडमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म बन्दैछ । जसमा विवेकको मुख्य भूमिकालाई लिएर उनले आफ्नो प्रतिक्रिया जनाएका हुन् ।
मोदीको बायोपिकको फस्र्टलुक पोस्टर सोमबार विभिन्न २३ भाषामा सार्वजनिक गरिएको थियो । विवेकलाई मोदीको रुपमा देखिएपछि शोशल मिडिया यूजर्समाझ उनी ट्रोल बनेका छन् । फिल्मको फस्र्टलुक सार्वजनिक भएपछि विवेकको रोललाई लिएर फिल्मका प्रोड्यूसर सन्दीप सिंहले भनेका छन्, ‘मैले एकसे एक अभिनेता खोजेको थिएँ । जसले यही फिल्मका लागि कम्तिमा दुई वर्षसम्म समय देओस् । तर, कसैले समय दिन नभ्याउने भएपछि विवेकलाई सात घन्टा मेकअप गरेपछि १५ लुकमा टेस्ट ग¥र्यौँ । त्यो पनि शिर्फ पोस्टरका लागि । मेरो लागि विवेक डेडिकेटेड थिए । उनले इन्डस्ट्रीमा १८ वर्षभन्दा बढी काम गरिसकेका छन् । त्यसैले पनि उनलाई लिएका हौँ ।’
मोदीको बायोपिकको अधिकांश सुटिङ गुजरातमा गरिएको छ । फिल्ममा चिया पसलेको कथा छ । फिल्मका मुख्य पात्र गुजरात रोडस्थित ट्रान्सपोर्ट कर्पोरेशनको क्यान्टिनमा स्टाफको काम गर्नुका साथै चिया बेच्छन् ।
फिल्ममा राजनीतिमा लागेपछि गुजरातको मुख्यमन्त्रीदेखि लिएर प्रधानमन्त्रीसम्मको यात्रालाई देखाइएको छ । सुरुमा मोदीको रोल गर्नु परेश रावल तयार थिए । तर, केही कारणले गर्दा उनले फिल्म छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्