Logo
Logo

माछापुच्छ्रे बैक र फोकसवान पेमेन्ट सोलुसन्स्बीच भुक्तानी सेवा सम्झौता


567
Shares

काठमाडौं । माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

माछापुच्छ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरुले मोको डिजिटल वालेटमा बैंकका कार्डहरु लिङ्क गरी विभिन्न सेवाहरु उपभोग गर्न सक्नेछन् । ग्राहकले उक्त बालेटमार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल टपअप, इन्टरनेटको, बिजुली, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट खरिद रकम भुक्तानीलगायतका सेवा प्रयोग गर्न सक्नेछन् ।

यसैगरी बैंकका ग्राहकले मोकोमार्फत स्क्यान टू पे को माध्यमबाट एक हजार ५०० भन्दा बढी विभिन्न मर्चेन्टहरुमार्फत कारोबार गरी रकम भुक्तानीसमेत गर्न सक्नेछन् । त्यस्तैगरी माछापुच्छ्रे बैंकका मर्चेन्टहरुले एम भीसा, अलिपे र युनियन पेसँग सम्बद्ध अन्तर्राष्ट्रिय कारोबारको क्यूआरबाटै भुक्तानी लिन सक्ने छन् ।

देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले विभिन्न किसिमका नवीतम सेवा तथा सुविधाहरु ल्याइरहेको छ । साथै बैंकले बढ्दो साइबर अपराधहरुलाई मध्यनजर गर्दै आफ्ना डिजिटल कारोबारहरुलाई अझ सुरक्षित र भरपर्दो बनाउदैँ आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्