धनगढी । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङलाई पदबाट हटाएको छ ।

प्रदेशसभा सदस्य समेत रहेका तामाङले सोमबार प्रदेशसभामा विशेष समय लिएर बोल्दै अब उप्रान्त नेकपा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेको सदस्यको हैसियतले प्रस्तुत रहने धारणा राखे।
त्यसपछि एकीकृत समाजवादीले तामाङलाई साधारण सदस्य समेत नरहने गरी जिम्मेवारीबाट हटाउन प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ ।
पार्टीको केन्द्रीय सदस्यसमेत रहेका तामाङलाई प्रदेशसभा सदस्य पदबाट पनि कारबाही गर्न प्रदेशसभा संसदीय दललाई निर्देशन दिएको छ ।
हेर्नुहोस् विज्ञप्ति












