Logo
Logo

म नेपाली फिल्मको नियमित दर्शक हुँ : कृषि मन्त्री



काठमाडौं, २६ पुस । गाई पालक र वैदेशिक रोजगारीको विषयलाई समेटेर निर्माण गरिएको फिल्म ‘गोपी’माथि कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले पनि चासो देखाएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले फिल्म ‘गोपी’को टिम सँग भेटेको भोलिपल्ट नै मन्त्री खनालले ‘गोपी’का कलाकार तथा निर्माता निर्देशकसँग भेट गरेर फिल्मप्रति ऐक्वद्धता जनाएका हुन् ।
मन्त्री खनालले फिल्म टिमसँग दर्जनौं गीत तथा नाटकका कलाकार चक्रपाणि खनालले आफू पनि कला पारखी भएको बताउँदै फिल्मले सान्दर्भिक विषय उठाएको भएको बताए ।

‘म नेपाली फिल्मको नियमित दर्शक हुँ । हलमा बारम्बार जान नभ्याए पनि युट्युबमा पनि नेपाली फिल्म हेर्ने गर्छु । धेरै फिल्ममा कलाकारको अभिनय यथार्थपरक नभएको पाएको छु, ‘उनले भने, ‘तर गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान गरें । यस्ता फिल्म ज्यादाभन्दा ज्यादा बन्नुपर्छ भन्ने मेरो मान्यता छ ’ उनले मन्त्रालयले बनाउनु पर्ने विषयमा ‘गोपी’ बनेकाले मन्त्रालय फिल्मसँग सहकार्य गर्न तयार रहेको पनि बताए ।

‘नीति नियम के छन् त्यो हेरेर तपाईंहरुलाई खबर गरुँला । तर, फिल्मप्रति मन्त्रालय सकारात्मक भएको जानकारी गराउँछु,’ मन्त्री खनालले भने ।
निर्देशक दीपेन्द्र लामाले फिल्मले श्रमको सम्मानमा जोड दिएको बताए । ‘कृषिमा भविष्य छैन भनेर लाखौं युवा विदेशमा गएर त्यही काम गरिरहनु भएको छ । त्यतिको मेहनत यही गर्ने हो भने यहाँ पनि कम आम्दानी छैन है भन्ने सन्देश फिल्मले दिन खोजेको छ,’लामाले भने, ‘ फिल्म हेर्दा पशुपालन गरिरहेका लाखौं मानिसले आफ्नै कथा हेरेको महसुस गर्नुहुन्छ ।’
कृषि मन्त्रीको निमन्त्रणमा फिल्मको गोपीको तर्फबाट कलाकारहरू बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्