Logo
Logo

बैंक अफ काठमाण्डूको एटिएम तथा पिओएसमा मास्टरकार्डबाट कारोबार गर्न सकिने


315
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटिएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पिओएसहरुमा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले अब उपरान्त बैंकको जुनसुकै एटिएम तथा बैंकका पिओएस मर्चेन्टमार्फत कारोबार गर्न सक्ने भएका छन् ।

बंैकको एटिएम तथा पिओएसहरुमा हाल भिसा र युनियन पेको नेटवर्कबाट जारी भएको कार्डमात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पेसहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डहरुको भुक्तानी बैंकको सबै एटिएम तथा पिओएसको माध्यमबाट गर्न सकिने बैंकले जनाएको छ । उक्त सम्झौैताअनुसार बैंक अफ काठमाण्डूले मास्टरकार्डसँग सहकार्य गरी निकट भविष्यमा नै मास्टरकार्ड जारी गरी आफ्ना ग्राहकलाई मास्टरकार्ड उपलब्ध गराउने भएको छ ।
मास्टरकार्ड बाहकले बैंक अफ काठमाण्डूले विभिन्न एटिएम तथा होटल, रेस्टुरेन्ट, फिटनेस सेन्टर, स्टोर, अस्पताल, स्वास्थ्य क्लिनिक, इन्स्टिच्युटलगायत अन्य धेरै स्थानमा सेवा तथा सुबिधापश्चात् आफूसँग भएको मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्