
१. सत्ता गठबन्धनको कार्यदल बैठकले दुई दिनभित्र सिट बाँडफाँडको टुंगो लगाउने, सोमबार र मंगलबार बस्ने कार्यदलको बैठकले सिट बाँडफाँड टुंगो लगाउने नेकपा माओवादी केन्द्रका महासचिव तथा कार्यदलका सदस्य देव गुरुङको भनाइ, कार्यदलले तय गरेको सिट बाँडफाँडको प्रतिवेदन शीर्ष नेताहरूले रुजु गरेपछि मात्र कार्यान्वयन हुने ।
२. सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा निर्वाचन लगत्तै नयाँ चरणको सङ्घर्षमा जाने घोषणा, निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रूपान्तरण गर्न निर्वाचनपछि सङ्घर्षमा जाने भनाइ, संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रहार भएकाले आफू सबैभन्दा बढी छटपटीमा परेको र त्यसको निकासका लागि निर्वाचन लगत्तै आफू र आफ्नो नेतृत्वमा सडक आन्दोलनमा जाने स्पष्टीकरण ।
३. प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट हुबहु पारित नागरिकता विधेक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने तयारी, संवैधानिक व्यवस्थाका आधारमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नुको विकल्प नरहेको संविधानविद्हरूकाे सुझाव, राजीनामा दिएर विधेयक प्रमाणीकरणबाट भाग्नु विकल्प नहुने संविधानविद्काे भनाइ ।
४. प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगे, पाण्डेलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने गरिने, मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास ।
५. भदौ २७ देखि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ जनकांग्रेसका अध्यक्ष लि चान्सुको भ्रमण कार्यतालिका सार्वजनिक, सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउन लागेका लिको तीन दिन नेपालमा रहने, तीन दिने नेपाल भ्रमणमा अध्यक्ष लिले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका अध्यक्षहरूसँग भेटवार्ता गर्ने ।
६. राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पद त्याग, प्रतिनिधि सभाको निर्वाचन घोषणापछि संसद् चलाइराख्नु उपयुक्त हुँदैन भन्दै पद त्यगको घोषणा, आफ्नो नाममा पठाइने तलब भत्ता तथा सुविधा रोक्का अनुरोध ।
७. भूमिहीनलाई चुनावी भोट बैंक बनाउने पुर्जाको दूषित राजनीति अन्त्य गर्नुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठको भनाइ, बिगतका सरकारले गरिब सुकुम्बासीलाई भोट बैंक मात्र बनाउने गरेको भन्दै आलोचना, वर्तमान सरकार भूमिहीनका पक्षमा रहेको र संविधानको भावनाअनुसार सबै सुकुम्बासीलाई जग्गा प्रदान गपिरने धारणा ।
८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लाग्यो, नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलब ६८ अङ्कले उकालो लागेर १ हजार ९ सय ७७ दशमलब ३० कायम, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ५७ अङ्कले उकालो लागेर ३ सय ८३ दशमलब ७७ अङ्कमा पुग्यो ।
९. गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको क्रिकेटको खेलहरु काठमाडौंमा भदौमै आयोजना हुने, नवौं खेदलकुदका क्रिकेट खेल भदौ २३ देखि ३१ गतेसम्म कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना गरिने, नवौं खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदै ।
१०. रोहिङ्ग्या आप्रवासी बङ्गलादेशका निम्ति ठूलो बोझ बनेका बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको भनाइ, रोहिङ्ग्या आप्रवासी समस्या समाधान गर्न आफूले भारतको सक्रिय भूमिकाको अपेक्षा गरेको धारणा, रोहिङ्ग्या आप्रवासीहरूलाई उनीहरूको मातृभूमि फर्कने सुनिश्चितताका निम्ति बङ्गलादेशले अन्तर्राष्ट्रिय समुदायसँग सम्पर्क गरिरहेको जानकारी ।














