Logo
Logo

नबिल बैंक र दराजबीच दसैँ धमाका महोत्सवका लागि सम्झौता


189
Shares

काठमाडौं । नबिल बैंक र दराजबीच ‘दराज दसैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले दसैँलाई ध्यानमा राखी २९ भदौदेखि दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकलाई विशेष छुटको व्यवस्था गर्ने सम्झौता गरेको हो ।

दराज दसैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम दुई हजार पाँच सय रुपैयाँ वा २० प्रतिशत छुट प्राप्त गर्ने जनाइएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्ड इ–कमर्सका लागि सक्रिय गर्नुपर्ने बैंकले जनाएको छ ।

सम्झौतामा हस्ताक्षरपछि बैंकका रिटेल कारोबार प्रमुख निरज शर्माले यो सहकार्य आफैँमा एउटा उत्सव भएको र आफ्ना ग्राहकलाई आउँदै गरेको दसैँको शुभकामना रहेको बताए । यस महोत्सवले दराज साथै नबिल कार्डवाहकमाझ छुट्टै उत्साह थपिने उनले विश्वास व्यक्त गरे । दराजका तर्फबाट भने अरुण फुँयालले हस्ताक्षर गरेका थिए । बैंकले देशभरि दुई सय ३३ शाखा र दुई सय ६९ एटिएम काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्