Logo
Logo

ऐनविपरीत क्याम्पस प्रमुख बने एमाले नेता


दिनेश खरेल


सुनवल । पश्चिम नवलपरासी सुनवल नगरपालिकास्थित अस्नैया आदर्श बहुमुखी क्याम्पसमा नेकपा एमालेका जिल्ला नेता क्याम्पस प्रमुख नियुक्त भएका छन् ।

एमालेको जिल्ला कमिटी सदस्य रहेका विनोद पाण्डे क्याम्पस प्रमुखमा नियुक्त भएका हुन् । क्याम्पस प्रमुख भएको एक हप्ता बितिसक्दा पनि पाण्डेले राजनीतिक दलको सदस्यबाट राजीनामा दिएका छैनन् ।

पाण्डे स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा पराजित भएका थिए । उनलाई क्याम्पस व्यवस्थापन समितिले क्याम्पस प्रमुख बनाएको भन्दै व्यापक विरोध भएको छ । राजनीतिक दलको व्यक्तिलाई कार्यविधि विपरित क्याम्पस प्रमुख बनाएको भन्दै प्राध्यापकलगायत अन्य कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

शिक्षा ऐन र सामान्य अभ्यास विपरीत कार्य गरेको भन्दै गलत नजिर स्थापित हुन गएको कर्मचारी तथा प्राध्यापकहरूको गुनासो छ । पाण्डे राजनीतिक दलको सक्रिय कार्यकर्ता भएकोले ऐनविपरीत क्याम्पस प्रमुखको उपहार दिइएको कार्यरत कर्मचारी र प्राध्यापकहरूको बुझाइ छ ।

‘यो शिक्षणसंस्था माथिको ठाडो आक्रमण हो’ पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय अध्यक्ष शिवराज सञ्जेलले भने । योग्यता पुगेको, वरिष्ठतम , कार्यसम्पादन र नेतृत्व क्षमता लगायतका विषयमा ध्यान दिएर मात्र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने कार्यविधि छ ।

प्रतिक्रिया दिनुहोस्