
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन ३ बाटै निर्वाचन लड्ने बताएका छन् ।
मंगलबार बिहान धनगढीमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले आफ्नो क्षेत्र चितवन बाहेक कतै नजाने स्पष्ट पारेका हुन् । ‘म धेरै तिर गएँ । जनताको भावना बुझ्न पनि रोल्पा, काठमाडौं, सिराहा गएँ,’ प्रचण्डले भने, ‘अहिले यताउता गर्दिन ।’














