Logo
Logo

निर्वाचन नलड्ने एमाले नेता टुकराजको घोषणा


9.8k
Shares

तनहुँ । एमालेका पोलिटब्‍यूरो सदस्य टुकराज सिग्देलले यस पटकको कुनै पनि तहको निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

२०७० को दोश्रो संविधान सभाको निर्वाचनमा तनहुँ-३ बाट निर्वाचित भएका सिग्देलले दमौलीमा भएको एमाले तनहुँको जिल्ला कमिटिको बैठकमा आफू यस पटक कुनै पनि तहको उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

एमाले तनहुँ जिल्ला इञ्चार्ज समेत रहेका सिग्देलले नयाँ पुस्तालाई अवसर सिर्जना गर्न आफू चुनावी मैदानमा नरहेको प्रष्ट पार्दै भने, ‘अहिले म ६५ वर्ष पुगेँ, राजनीतिमा मेरो नाती पुस्ताको व्यक्तिको प्रवेश भइसक्यो’ सिग्देलले प्रश्न गरे ‘अझै पनि मैले नै उम्मेदबारको दावी गरेँ भने युवा पुस्ताले कहिले अवसर पाउने ?’

प्रतिक्रिया दिनुहोस्