Logo
Logo

माओबादी खोटाङ जिल्लाले टुंग्यायो उम्मेदवार, को-को परे ?


5.1k
Shares

खोटाङ । नेकपा (माओबादी केन्द्र) खोटाङले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस गरेको छ ।

सोमबार र मंगलबार बसेको जिल्ला समन्वय समिति बैठकले प्रत्यक्षमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, केन्द्रीय सदस्य रामकुमार राई ‘पासाङ’, समिता कार्की ‘अस्मिता’ र दुर्गाजयन्ती राईको नाम सिफारिस गरेको छ ।

त्यस्तै, बैठकले समानुपातिकतर्फ टंकनाथ तामाङ र परशुराम विश्वकर्माको नाम सिफारिस गरेको छ । प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ जीवन राई ‘संगिन’, हस्तबहादुर राई ‘आमोद’, बिकास राई र सिताराम अधिकारीलाई सिफारिस गरेको छ ।

समानुपातिकतर्फ जयप्रसाद आचार्य, मनकुमारी रसाइली, अगमसिंह राई, बन्दना तामाङ, ज्ञानबहादुर भुजेल र जयप्रकाश राईको नाम सिफारिस गरेको छ । प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ ध्रुव बुढाथोकी, देवान चाम्लिङ र दीपक पाण्डेको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ निसाना राई, कल्पना चाम्लिङ, विनिता राई, डा. विष्णु राई, नवल खड्का, गजेन्द्र राई, सुमिना राई र नरेन्द्र निर्विकारको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्