Logo
Logo

एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादीका ६ जना उम्मेदवार


29.7k
Shares

रोल्पा । एकमात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट माओवादी केन्द्रले ६ नेताको नाम उम्मेदवार सिफारिस गरेको छ ।

पार्टी जिल्ला समन्वय समितिको बैठकले प्रतिनिधिसभा सदस्यमा वर्षमान पुन, कृष्णबहादुर महरा, ओनसरी घर्तीमगर, कुलप्रसाद केसी, जयपुरी घर्ती मगर र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ ।

त्यस्तै, समानुपातिकतर्फ तारा घर्तीमगरको नाम सिफारिस भएको छ । प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ जोखबहादुर महरा, सुकबहादुर वुढामगर, गुणेन्द्र घर्तीमगर र पूर्ण केसीको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ आशबहादुर पुन, मिना खड्का र कुष्मा पुनमगरको नाम सिफारिस भएको छ ।

प्रदेश सभा (ख) मा प्रत्यक्षतर्फ कुलप्रसाद केसी, दीपेन्द्र पुन मगर, राजवहादुर वुढामगर, निमकान्त डाँगी र वीरबहादुर खत्रीको नाम सिफारिस गरिएको छ ।समानुपातिकतर्फ त्रिपनी वैजाली मगर, धनिकला वुढामगर, मानसिंह विश्वकर्मा, हितकुमारी बुुढामगर, लालसरी घर्तीमगर, भाविसरा वन्दीपुरे खड्का, शान्तराज बोहरा, गोविन्द पुन, रामबहादुर वली, भक्ताबहादुर वली र पूर्णबहादुर दमाईको नाम सिफारिस गरेको नेकपा माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्