Logo
Logo

अन्तर्राष्ट्रिय साक्षरता दिवस : सामुदायिक शिक्षा प्रभावकारी बनाउन जोड


567
Shares

काठमाडौं । बिहीबार ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ ।

दिवसका अवसरमा शिक्षा मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्यांकनको मापनसहितको प्रतिवेदन सार्वजनिक गर्दैछ । युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष ८ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।

सरकारले सबै निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्य राखेको भए पनि चुनौती देखिएको छ । साक्षर नेपाल कार्यक्रम अन्तर्गत अहिलेसम्म ६१ जिल्ला साक्षर घोषणा भएका छन् । दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् ।

शिक्षालाई आम नागरिकको पहुँचमा पुर्याउन सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी तवरले अघि बढाउनुपर्ने उनले उल्लेख गरे । कोभिड–१९ को महामारीले वैकल्पिक व्यवस्थापन गरी सिकाइलाई निरन्तरता दिनुपर्ने कुरा सिकाएको उनको भनाइ छ ।

संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले दिवसको नारा यस वर्षका लागि ‘साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण’ तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्