Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

सन्दीप क्यानबाट निलम्बितदेखि करको दर हेरफेरसम्म


2.7k
Shares

१. नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमबाट निलम्बन गर्यो, बलात्कार आरोपमा अनुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी, वेस्टइन्डिजमा रहेका सन्दीप तत्काल स्वदेश नआए प्रहरीले इन्टरलोपमार्फत भए पनि पक्राउ गर्ने ।

२. मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि सत्तारुढ गठबधनले बनाएको कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझायो, कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँट गर्ने गठबन्धन आवद्ध दलहरुबीच सहमति, शुक्रबार बस्ने शीर्ष नेताहरुको बैठकले सीट बाँडफाँट टुङ्गो लगाउने ।

३. सम्मानजनक ढंगले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य नहुने जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवको भनाइ, सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए वर्तमान गठबन्धनको विकल्प सोच्नुपर्ने चेतावनी, गठबन्धनमा सिट बाँडफाँटको विषय चाँडै टुङ्गोमा पुग्ने विश्वास ।

४. मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत, स्वीकृत कार्यक्रमअनुसार असोज २३ गते उम्मेदवारको मनोन दर्ता, समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रत्यक्षतर्फको उम्मेदवार बन्न नपाउने ।

५. राष्ट्रिय शहीद घोषणा गर्ने संघर्ष अझै जारी रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, विभिन्न राजनीतिक उतारचढावका कारण विभिन्न परिवेशमा शहादत प्राप्त गरेका शहीद तथा बेपत्ता भएका व्यक्तिलाई राष्ट्रिय शहीद घोषणा गर्न आवश्यक रहेको धारणा, जीवनको अन्तिम समयसम्म संघर्षमै रहने प्रतिवद्धता ।

६. बन्द रहेका मुलुकका औद्योगिक क्षेत्रलाई पुनःसञ्चालनमा ल्याउने सरकारको तयारी, विभिन्न कारण बन्द उद्योगलाई चालु आर्थिक वर्षभित्रै सञ्चालन गर्न मन्त्रालयले नीतिगत व्यवस्था गर्दै लगानीको ढाँचा तयार गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको भनाइ, निजी क्षेत्रको साझेदारीतामा सरकारले बन्द उद्योग पुनः सञ्चालन गर्ने नीति लिएको धारणा ।

७. सरकारले बजेट कार्यान्वयनमा गएको दुई महिना नपुग्दै करको दर हेरफेर गर्यो, फलामे डन्डीको भन्सार महशुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम, सेनिटरी प्याडको कच्चा पदार्थ पफोरेटेड पीई आयात गर्दा अब अन्तःशुल्क नलाग्ने, तेलको कच्चा पदार्थ आयात गर्दा ९० प्रतिशत भन्सार छुट ।

८. धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा कायम, बिहीबार नेप्से परिसूचक २ दशमलब १३ अंकले ओरालो लागेर १ हजार ९ सय ३७ दशमलब ७४ मा पुग्यो, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि शून्य दशमलब ५४ अंकले ओरालो लागेर ३ सय ७६ दशमलब ८४ मा सीमित ।

९. नवौँ राष्ट्रिय खेदकुद प्रतियोगिताअन्तर्गत राजधानीमा सुरु भएको पुरुष क्रिकेट खेलमा एनआरएन एकेडेमी सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै विजयी, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एनआरएनले सुदूरपश्चिमलाई १२ रनले पराजित गर्यो, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा सात प्रदेश, तीन विभागिय टोली र एनआरएन गरी ११ टोली सहभागि ।

१०. रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ, रुसको ग्यास नियन्त्रण र चिसो मौसममा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा युरोपेली संघका मन्त्रीहरूबीच छलफल, यस किसिमको छलफले अर्थहीन रहेको मस्कोको टिप्पणी ।

प्रतिक्रिया दिनुहोस्