Logo
Logo

देशभरको मौसममा बदली, सप्तरी र बारामा भारी वर्षा


1.3k
Shares

काठमाडौं । सप्तरी र बारा जिल्लामा ठूलो पानी परिरहेको छ ।

सामान्यतया २४ घण्टामा ५० मिलिमिटर पानी परे ठूलो वर्षा भएको मानिन्छ । एक घण्टामा नै सप्तरी र बारामा ३१ मिलिमिटर पानी परिसकेको र फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

बङ्गालको खाडीबाट जलवाष्युक्त हावा लगातारजसो नेपाल आइरहेकाले पानी परेको हो । जलवाष्पयुक्त हावाको प्रभाव अहिले मधेस प्रदेशमा धेरै परेको छ । दिउँसो भने यसको प्रभाव लुम्बिनी प्रदेशमा धेरै पर्ने मौसमविद्ले बताएका छन् ।

यही कारण दिउँसो लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार आज देशभरकै मौसम बदली हुने सम्भावना छ ।

देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्