Logo
Logo

उपत्यकामा आज इन्द्रजात्रा मनाइँदै


630
Shares

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा, आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि यो जात्रा प्रारम्भ हुन्छ । विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाउने प्रचलन छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्रा पर्वको अवसरमा शुभकामना ब्यक्त गरेकी छिन् । शुभकामना सन्देश जारी गर्दै भण्डारीले भनेकी छिन्, ‘कुमारी इन्द्रजात्रा पर्व, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्