काठमाडौं । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् । रायलाई अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

कर्णाली विकास बैंकका अध्यक्ष रहेका राय २०७४ सालको निर्वाचनमा सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए ।












